चीनले दक्षिण चीन सागरमा डुङ्गामाथि लेजर हमला गर्यो : फिलिपिन्स
फिलिपिन्सले चीनमा दक्षिण चीन सागरमा आफ्नो डुङ्गामाथि सैन्य स्तरको लेजर लाइटले हमला गरेको आरोप लगाएको छ ।
फिलिपिन्सले आफ्नो डुङ्गा विवादित साउथ चाइना सागरमा सामान आपूर्ति गर्न जाँदै गर्दा चीनले त्यसलाई अलमल पार्न लेजर बत्ती प्रहार गरेको बताएको छ ।
लेजर लाइटका कारण फिलिपिन्सका तट रक्षकको यो डुङ्गाका कर्मचारी अस्थायी रूपमा अन्धो भएका थिए । यसै कारण डुङ्गा फर्कनु पर्यो ।
उक्त डुङ्गा दक्षिण चीन सागरमा सेकेन्ड थोमस शलमा डुबेको फिलिपिन्सको नौसैनिक पोतमा आपूर्ति गर्न गइरहेको थियो । फिलिपिन्स यो पोतको उपस्थितिमार्फत यो स्थानमा आफ्नो दाबी गर्दै आएको छ ।
चीनले यसअघि दक्षिण चीन सागरको धेरैजसो हिस्सामा दाबीका लागि पानीको फोहोरा र साइरनको प्रयोग गर्ने गर्छ ।
घटना ६ जनवरीको हो तर यसबारे जानकारी सोमबार मात्रै सार्वजनिक गरिएको छ । फिलिपिन्सले जारी गरेको विज्ञप्तिमा यो समुद्रमा फिलिपिन्सको सार्वभौम अधिकारको खुला उल्लङ्घन भएको उल्लेख गरिएको छ ।
फिलिपिन्सले आरोप लगाउँदै भनेको छ, ‘चीनको जहाजले लेजर लाइटको प्रयोग बाहेक फिलिपिन्सको जहाजको दाहिने तर्फ नजिक आउने कोसिस पनि गर्यो । यो १३७ मिटर मात्रै टाढा थियो ।’
चीनले फिलिपिन्सको यो आरोपमाथि अहिले नै कुनै प्रतिक्रिया दिएको छैन ।
सन् २०१६ मा संयुक्त राष्ट्रको स्थायी मध्यस्थता न्यायालयले दक्षिण चीन सागरमा चीनको दाबीको कुनै ऐतिहासिक आधार नभएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण