प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह
काठमाडौँ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले सोमबार जारी गरेको विज्ञप्तिमा करिव एक वर्ष भन्दा लामो समयदेखि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमै चल्नुपर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासन अनुकूल मान्न नसकिने उल्लेख गरिएको छ ।
प्रधानन्यायाधीशको नियुक्तिको संवैधानिक दायित्व पूरा गर्नुपर्ने सम्बन्धित निकाय तथा पदाधिकारीहरुले आफ्नो दायित्व पूरा नगरी न्यायपालिका कायम मुकायमकै नेतृत्वबाट चल्नु परिरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘अतः प्रधान न्यायाधीशको नियुक्ति प्रकृया अविलम्ब शुरु गरी प्रधान न्यायाधीशको नियुक्ति गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरुको नेपाल बार एशोसिएशन ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण