बालाजु झडप : घाइते हुने प्रहरीको संख्या १७ पुग्यो
काठमाडौँ । बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा घाइते हुने प्रहरीको संख्या १७ पुगेको छ । हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा प्रहरी इन्स्पेक्टर शेरबहादुर बस्नेत पनि छन् । उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी अस्पतालमा कार्यरत एकजना चिकित्सकले रातोपाटीलाई बताए । ती चिकित्सकले भने–‘ ५ बजेदेखि घाइते प्रहरी कर्मचारी आउन थालेका थिए ।’
सोमबार बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले मजदुरहरूलाई आक्रमण गरेपछि झडपको अवस्था आएको बताइएको छ ।
मजदुरहरूमाथि भएको आक्रमणविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रदर्शन गरेका थिए । ती संगठनले आफ्ना १० बुँदे माग पुरा नभएसँम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण