बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

बालाजु झडप : घाइते हुने प्रहरीको संख्या १७ पुग्यो

सोमबार, ०१ फागुन २०७९, २३ : ०१
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा घाइते हुने प्रहरीको संख्या १७ पुगेको छ । हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा प्रहरी इन्स्पेक्टर शेरबहादुर बस्नेत पनि छन् । उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । 

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी अस्पतालमा कार्यरत एकजना चिकित्सकले रातोपाटीलाई बताए । ती चिकित्सकले भने–‘ ५ बजेदेखि घाइते प्रहरी कर्मचारी आउन थालेका थिए ।’ 

सोमबार बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले मजदुरहरूलाई आक्रमण गरेपछि झडपको अवस्था आएको बताइएको छ । 

मजदुरहरूमाथि भएको आक्रमणविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रदर्शन गरेका थिए ।  ती संगठनले आफ्ना १० बुँदे माग पुरा नभएसँम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप