पाल्पाका विभिन्न ठाउँमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो
पाल्पा । पाल्पा जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी बढेको पाइएको छ । स्थानीय तहले चोरी निकासी गर्नेमाथि कडा कारबाही गर्न नसक्दा ढुङ्गा, गिट्टी तथा बालुवाको अवैध निकासी बढेको हो । नदीजन्य पदार्थको अवैध चोरी–निकासी नियन्त्रणका लागि प्रहरीले प्रयास थाले पनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सहयोग कम हुँदा चोरी निकासी नियन्त्रणमा समस्या देखिएको हो ।
पाल्पाको रामपुर क्षेत्रमा सबैभन्दा बढी नदीजन्य पदार्थ बालुवा, गिट्टी तथा ढुङ्गाको चोरी निकासी भइरहेको छ । तर त्यसलाई नियन्त्रण गर्न रामपुर नगरपालिका उदासीन बनेको रामपुर प्रहरीको भनाइ छ ।
कालीगण्डकी नदी क्षेत्र तथा अन्य घाट तथा सिमानाबाट रातको समयमा ढुङ्गा–गिट्टी, बालुवा, चोरी निकासी भइरहेको छ । चोरी निकासी भइरहेको बेला प्रहरीलाई खबर आउनासाथ संलग्नलाई नियन्त्रणमा पनि लिइएको छ तर त्यसलाई कारबाही गर्ने निकाय स्थानीय तहले कारबाहीको प्रक्रिया कडाइका साथ लागू गर्न सकेको छैन ।
चोरी निकासी नियन्त्रण गर्न नगरपालिकाले नै प्रभावकारी काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा बताउँछन् । ‘चोरी कार्यमा संलग्न व्यक्ति तथा सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहलाई बुझाएका छौँ, थापाले भने–तर कतिपयलाई कारबाही नै नगरी छाडिएको भन्ने बुझिएको छ ।’
रामपुर क्षेत्रको निस्दी खोला, कालीगण्डकी नदी किनार, केलादीघाटका विभिन्न स्थानबाट नदीजन्य पदार्थको स्वीकृतिविना निकासी भइरहेको छ । त्यस्तै निस्दी गाउँपालिकाको ढुङ्गानाबेसी क्षेत्र तथा निस्दी खोलाबाट समेत अवैध रुपमा नदीजन्य पदार्थ चोरी भएको प्रहरीको भनाई छ । तर नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न आफूहरूले प्रयास गरिरहेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण थापाले बताए ।
रम्भाको हुँगी, असर्दी क्षेत्रबाट बालुवा चोरी निकासी भइरहेको छ । बगनासकालीको यम्घा, तिनाउ नदीका विभिन्न स्थानबाट ढुङ्गा चोरी निकासी भएको स्थानीय बासिन्दाको भनाई छ । रिव्दीकोटका नदी तथा खोला किनारबाट पनि ढुङ्गा चोरी निकासी भइरहेको हार्थोक प्रहरी चौकीले जनाएको छ । अवैध निकासी मौलाउदा स्थानीय तहलाई नै राजश्वमा घाटा लागेको छ ।
चोरी निकासी भइरहेको स्थानबाट प्रहरीले ट्याक्टर, ट्रिपर तथा चालकलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा बुझाउने गरेको छ । तर स्थानीय तहले पटक–पटक नियन्त्रणमा लिएका चालक तथा सवारीसाधनलाई समेत जरिमाना नै नगरी छाड्ने गरेको प्रहरीको गुनासो छ । प्रहरीको तथ्याङ्क अनुसार पाल्पामा पछिल्लो एक वर्षको अबधिमा ५४ वटा ट्याक्टर र सात वटा ट्रिपरलाई प्रहरीले पक्राउ गरेको छ । अवैध उत्खनन गरिरहेका बेला ती सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण