ग्रेस अवधि थप भएको कर्जालाई पुनर्संरचना गर्नुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जाको भुक्तानी सीमा बढाइएमा वा ग्रेस अवधि थप भएमा त्यस्तो कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । मङ्गलवार एकीकृत निर्देशन, २०७९ जारी गर्दै केन्द्रीय बैंकले एक वर्ष भन्दा बढी ग्रेस अवधि राखी कर्जा प्रवाह गर्न नपाइने तर थप गर्नुपरे मानसिक कारण खोजी गर्नुपर्ने बताएको छ ।
‘सामान्यतया एक वर्षभन्दा बढी ग्रेस अवधि राखी आवधिक कर्जा प्रदान गर्न पाइने छैन । तर व्यवसाय तथा परियोजनाको प्रकृति अनुसार सो भन्दा बढी ग्रेस अवधि प्रदान गर्नुपर्ने भएमा के कति कारणले र कुन कुन आधारमा बढी ग्रेस अवधि कायम गर्नुपरेको हो सोको ब्यहोरा खुलाई स्वीकृत गर्ने अख्तियार प्राप्त अधिकारीले ऋणीले पेस गरेको प्रोजेक्ट रिपोर्ट र सोको औचित्यको आधारमा निर्णय गर्न सक्ने छ । तर सो को अनुमोदन कर्जा स्वीकृत गर्न अख्तियार प्राप्त अधिकारी भन्दा एक तह माथिल्लो अधिकारीबाट गराउनु पर्नेछ’ भन्ने ब्यहोरा बैंकले निर्देशनमा उल्लेख गरेको छ ।
तथापि, सोही निर्देशनले एक पटक तय गरिएको ग्रेस अवधि थप गरेमा त्यस्तो कर्जालाई पुनर्संरचना / पुनर्तालिकीकरण गरेको मानिने र सोहि बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने समेत बताएको छ ।
तर, विद्युत परियोजनाहरुको परिवर्तित रिक्वायर्ड कमर्सियल अप्रेसन डेट बमोजिम ग्रेस अवधि थप भएमा पुनर्संरचना/पुनर्तालिकीकरण गरेको नमानिने बैंकले जनाएको छ । ऋणीको कर्जा सापटीको भुक्तानी गर्ने अवधि बढाउने कार्य पुनर्तालिकीकरण हो भने कर्जाको प्रकृति वा सर्तमा परिवर्तन गर्ने वा बन्देजहरु थपघट गर्ने प्रक्रिया पुनर्संरचना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण