सांसद प्रदीप यादव : नागरिकताको विषयमा मुसा बिरालोजस्तो छक्याउने खेल कहिलेसम्म ?
काठमाडौँ । जनता समाजवादीका सांसद प्रदीप यादवले प्रतिनिधिसभा बैठकमा जन्मसिद्ध नागरिकताका सन्तानले कहिले नागरिकता पाउँछन् भन्दै प्रश्न गरेका छन् । बुधबार बैठकको विशेष समयमा बोल्दै सांसद यादवले जन्मसिद्ध नागरिकका सन्तानहरुले संविधान बनेको ८ वर्षसम्म पनि नागरिकताबिहिन भएर बस्नुपर्ने गम्भीर अवस्था रहेकोप्रति संसदको ध्यानाकर्षण गराए ।
उनले भने– ‘यो कस्तो अचम्म सभामुख महोदय, जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकता दिन भनेर सरकारले अध्यादेश ल्याउँछ, न्यायालयले रोक्छ । न्यायालयले आदेश दिन्छ सिडिओले रोक्छ । संसदले नागरिकता विधेयक पास गर्छ राष्ट्रपतिजीले रोक्छिन् । यो मुसा बिरालो जस्तो छक्याउने खेल आखिर कहिलेसम्म ?’
यसअघि २ पटक संसदले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएपनि स्वीकृत नभएको भन्दै कसको कारणले लालमोहर नलागेको भन्दै प्रश्न गरे । उनले राष्ट्रपतिको भिटो अधिकारको बारेमा संसदमा छलफल हुन आवश्यक रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण