सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद प्रदीप यादव : नागरिकताको विषयमा मुसा बिरालोजस्तो छक्याउने खेल कहिलेसम्म ?

बुधबार, ०३ फागुन २०७९, १४ : ३०
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । जनता समाजवादीका सांसद प्रदीप यादवले प्रतिनिधिसभा बैठकमा जन्मसिद्ध नागरिकताका सन्तानले कहिले नागरिकता पाउँछन् भन्दै प्रश्न गरेका छन् । बुधबार बैठकको विशेष समयमा बोल्दै सांसद यादवले जन्मसिद्ध नागरिकका सन्तानहरुले संविधान बनेको ८ वर्षसम्म पनि नागरिकताबिहिन भएर बस्नुपर्ने गम्भीर अवस्था रहेकोप्रति संसदको ध्यानाकर्षण गराए । 

उनले भने– ‘यो कस्तो अचम्म सभामुख महोदय, जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकता दिन भनेर सरकारले अध्यादेश ल्याउँछ, न्यायालयले रोक्छ । न्यायालयले आदेश दिन्छ सिडिओले रोक्छ । संसदले नागरिकता विधेयक पास गर्छ राष्ट्रपतिजीले रोक्छिन् ।  यो मुसा बिरालो जस्तो छक्याउने खेल आखिर कहिलेसम्म ?’

यसअघि २ पटक संसदले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएपनि स्वीकृत नभएको भन्दै कसको कारणले लालमोहर नलागेको भन्दै प्रश्न गरे । उनले राष्ट्रपतिको भिटो अधिकारको बारेमा संसदमा छलफल हुन आवश्यक रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप