लोसपाले गर्यो विद्यार्थी संगठनको कार्य समिति विस्तार
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नाे विद्यार्थी संगठनको कार्य समिति विस्तार गरेको छ । सो पार्टीले लोकतान्त्रिक विद्यार्थी संघको कार्य समिति विस्तार गरी ५५ सदस्य बनाएको हाे । ‘कार्य समितिमा अहिले एकजना अध्यक्ष मात्र राखिएको छ, अरु बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ’ लोसपाका नेता मनिष मिश्रले भने ।
स्ववियु चुनावलाई लक्षित गरी यो कार्य समिति विस्तार गरिएको र चुनावपछि कार्य विभाजनसहित पदाधिकारी चयन हुने उनले बताए । चुनावमा खेलेको भूमिका आधारमा मूल्यांकन गरी पदाधिकारी चयन गरिने मिश्रको भनाई छ । विद्यार्थी संघका अध्यक्षमा महोत्तरीका रोशनकुमार मिश्रलाई राखिएको छ । केन्द्रीय सदस्यमा श्याम केशरी, सुरेश मण्डल, समर साह, उज्जव सझा, चन्द्रशेखर सिंह, धनिश एस के, कुशनन्दन ठाकुर, अजय यादव, आनन्द मिश्रा, नितेन्द्र यादव, अरविन्द झा, निशेष यादव, दिपेश झालगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण