बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकको सर्वेक्षण – सहभागीहरूमा महँगी बढ्ने चिन्ता

बुधबार, ०३ फागुन २०७९, १६ : ०१
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले आगामी एक वर्षसम्म महँगी बढ्ने प्रक्षेपण गर्नेहरूको सङ्ख्या धेरै पाइएको छ । केन्द्रीय बैंकले यही वर्ष २०२३ को जनवरी ८ देखि १४ सम्म गरेको अध्ययनबाट आगामी ३ महिनासम्म महँगी बढ्छ भन्ने प्रक्षेपण धेरै पाइएको हो । केन्द्रीय बैंकले देशका विभिन्न ६० सहरमा महंगीबारे सर्वेक्षण गरेको थियो । त्यस क्रममा २ हजार १० जना मानिससँग महंगीबारे सोधपुछ गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीतिबारे अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

सर्वेक्षणमा सहभागी ८४.६ प्रतिशतले आगामी ३ महिना मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । यस्तै, सहभागीहरूमध्ये ९२ प्रतिशतभन्दा धेरैले आगामी एक वर्षसम्मै महँगीदर उच्च हुने प्रक्षेपण गरे । यद्यपि, यही वर्षको असोजमा गरिएको सर्वेक्षणको तुलनामा भावी दिनमा महँगी बढ्छ भन्नेहरूको तुलनात्मक सङ्ख्या घट्दो छ ।
यस्तै, खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटेल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्नेहरूको सङ्ख्या समेत बढेको छ । २०७९ असोजको तुलनामा गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्नेहरू समेत बढेका छन् ।

तीन महिनापछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ । यस्तै, तीन महिना पछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप