जापान घुमेर फर्किँदा धादिङको नीलकण्ठका प्रशासकीय अधिकृत श्रीलंकामा अड्किए
काठमाडौँ । जापान घुमेर फर्किँदा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीलंकाको ट्रान्जिटमा रोकिन पुगेका छन् । सपिङका लागि भनेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त ट्रान्जिटमै अड्किन पुगेका हुन् ।
नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले जहाज छुट्दा प्रमुख प्रशासकीय अधिकृत श्रीलंकामै अड्किएको र उनी बिहीबार अर्को टिकट काटेर आउने तयारी भएको बताए ।
उनकाअनुसार नगरपालिकाका उपमेयर दीपक विश्वकर्मासहितको १३ जनाको टोली जापान भ्रमणमा गएको थियो । उनीहरु जापानको कार्यक्रम सकेर श्रीलंका हुँदै फर्किँदा प्रमुख प्रशासकीय अधिकृत भने जहाज छुटेर त्यतै अड्किन पुगेका हुन् । अन्य १२ जना भने बुधबार नै स्वदेश फर्किसकेका छन् ।
‘उपमेयर धादिङ आइसक्नु भयो । प्रमुख प्रशासकीय अधिकृतचाहिँ बजार निस्कँदा उतै अलमलिएर प्लेन छुट्न पुगेछ’, उनले भने, ‘उहाँ भोलि आउनुहुन्छ ।’
नीलकण्ठ नगरपालिका र जापानको कोची प्रिफेक्चरको युसुहारा नगरबीच भगिनी सम्बन्ध कायम गर्ने सिलसिलामा नगरपालिकाको टोली जापान गएको हो । गत फेब्रुअरी ५ मा उपमेयर र अरु १२ जना फेब्रुअरी ६ मा जापान उडेका थिए ।
कतिपयले श्रीलंकन पुलिसले जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको भनेर हल्ला चलाएपनि त्यसमा कुनै सत्यता नभएको मेयर ढुंगानाले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण