शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ताजिकिस्तानमा हिमपहिरोमा परी १० जनाको मृत्यु

बुधबार, ०३ फागुन २०७९, २२ : ३७
बुधबार, ०३ फागुन २०७९

ताजकिस्तान । ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् व्यवस्थापन सेवाले जनाएको हो ।

त्यसैगरी, विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिमपहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ । 

यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पूर्व सोभियत सङ्घको सबैभन्दा गरिब राष्ट्रमध्येको एक ताजिकिस्तानले नियमित रूपमा पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको सामना गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप