दाउराको सट्टा ‘गुइँठा’
दाङ । दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भए पनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ । दाउराको विकल्पमा यसरी गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिला निवासी मिनकुमारी चौधरीले बताइन् । “दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ”, उनले भन्नुभयो, “गुइँठा सजिलो लाग्छ ।”
गाई, गोरु, भैँसी, राँगाको गोबरमा पसाल र भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले पनि दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्ने गर्थे । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् ।
अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन पनि बढेको छ । एक बिटा गुइँठाको रु १५ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन् । “कसैले त गुइँठा बनाएर बिक्री पनि गर्नुहुन्छ”, उनले भनिन्, “प्रायः ले अहिले गाउँ–घरमा गुइँठा नै बाल्नुहुन्छ, त्यसैले पनि किनबेच भइरहेको छ ।” चार वटा गुइँठाले खाना पकाउन सकिन्छ ।
गुइँठाको खरानी पनि खेतीपातीमा मलका लागि पनि प्रयोग हुने गर्छ । त्यसैले पनि गुइँठाको प्रयोग हुनेगर्छ । “खेतीपातीमा यसको खरानी पनि प्रयोग हुन्छ, गुइँठाबाट पकाएको खाना पनि मिठो हुन्छ”, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले भने, “त्यसैले पनि यसको प्रयोग बढी हुने गरेको हो ।” खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण