पाकिस्तानमा पेट्रोलको मूल्य फेरि बढ्यो, २७० नाघ्यो
पाकिस्तान आर्थिक चुनौतीको सामना गरिरहेको छ । जसका कारण पाकिस्तानमा मुद्रास्फीति बढेको छ । खाद्यवस्तुको मूल्य आकाशमै छ । पेट्रोलको मूल्य पहिले नै धेरै थियो । अब बिहीबार अर्थात् आजबाट पाकिस्तानमा पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने भएको छ ।
बुधवार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपैयाँ र हाईस्पीड डिजेलको मूल्य १७ रुपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्य बढेपछि पाकिस्तानमा पेट्रोल २७२ रुपैयाँमा र हाईस्पीड डिजेल २८० रुपैयाँमा प्रतिलिटर उपलब्ध हुनेछ ।
मट्टितेलको मूल्य पनि अहिले प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यति बेला पाकिस्तान विदेशी मुद्रा सञ्चित खाली हुने खतरासँग जुधिरहेको छ । पाकिस्तानसँग एक महिनाको आयातका लागि मात्रै डलर बाँकी छ । जनवरीमा पाकिस्तानको वार्षिक मुद्रास्फीति दर २७ प्रतिशत थियो ।
यो पाकिस्तानमा सन् १९७५ पछिको उच्च मुद्रास्फीति हो । गत हप्ता पाकिस्तानी रुपैयाँ डलरको तुलनामा २७५ पुगेको थियो । गत वर्ष यो दिन लगभग १७५ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण