मोलुङ हाइड्रोको आईपीओ आजदेखि
बिहीबार, ०४ फागुन २०७९, १० : ५८
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।
कम्पनीले जारी पूँजीको ३४ प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको थियो । सोअनुसार २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुट्याएको थियो ।
यसमध्ये, २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँड भइसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई १ लाख ३६ हजार ४२५ कित्ता सेयर र कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याइएको थियो ।
बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो कम्पनीको सेयरमा फागनु १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण