बालाजुमा प्रहरीको गाडी जलाएको आरोपमा पानी बेच्ने महिला पक्राउ
काठमाडौँ । बालाजुको माछापोखरीमा भएको प्रदर्शनमा प्रहरीको गाडी जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । बुधवार साँझ पक्राउ पर्नेमा धर्मस्थली बस्दै आएकी सङ्गीता परियार र नुवाकोटका रन्जित कुमार तामाङ छन् ।
धर्मस्थली बस्ने सङ्गीता परियार माछापोखरीमा पानी बेच्छिन् । पानी बेच्दै गर्दा प्रदर्शन सुरु भएपछि प्रर्शनकारीहरुसँगै मिलेर उनले प्रहरीको गाडी जनाएको अनुसन्धानबाट थाहा भएको छ । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।
गाडी जलाएको आरोपमा पक्राउ परेका रञ्जित कुमार तामाङ चाहिँ सवारी चालक हुन् । गाडी जलाएको र ट्राफिक आइल्याण्ड तोडफोड गरेको आरोपमा प्रहरीले बुधवार ६ जनालाई सार्वजनिक गरेको थियो । आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा उदयपुर घर भएका ४० वर्षीय विक्रम राई, नुवाकोटका ३० वर्षीय रामहरि भण्डारी, लमजुङ घर भएका २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, प्युठान घर भएका १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष् खड्का छन् ।
उनीहरू विरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा–२८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।
आगजनीमा संलग्न आशङ्कामा थप आठ–दश जनालाई पक्राउ गरिएको र उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण