बालाजुमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जना सार्वजनिक
काठमाडौँ । काठमाडौँको बालाजुस्थित माजापोखरीमा प्रहरीको गाडी, प्रहररुी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेका हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले सोमबार भएको आन्दोलनका क्रममा तोडफोड गर्ने उनीहरुलाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।
पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण