आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सांसद भण्डारीलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौँ : स्वास्थ्यमन्त्री गिरी

बिहीबार, ०४ फागुन २०७९, ११ : ४८
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको जानकारी दिएका छन् ।  भण्डारीलाई भेट्न बिहीबार किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य मन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको जानकारी दिएका हुन् । 

उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको पनि बताए । ‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने सुझाव दिनुभएको छ’,मन्त्री भण्डारीले भने, ‘एक घण्टाभित्रमा उहाँलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौं ।

भण्डारीलाई अहिले २ बजे श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप