सांसद भण्डारीलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौँ : स्वास्थ्यमन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको जानकारी दिएका छन् । भण्डारीलाई भेट्न बिहीबार किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य मन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको जानकारी दिएका हुन् ।
उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको पनि बताए । ‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने सुझाव दिनुभएको छ’,मन्त्री भण्डारीले भने, ‘एक घण्टाभित्रमा उहाँलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौं ।
भण्डारीलाई अहिले २ बजे श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण