कैलारी गाउँपालिकाको हिउँदे अधिवेशनमा ५ विधेयक पेश
धनगढी । संसदीय अभ्यास गर्दै आएको कैलालीको कैलारी गाउँपालिकाले आफ्नो हिउँदे अधिवेशनबाट ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० को हिउँदे (विधेयक) गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले विधेयक मस्यौदा पेश गरेका हुन् ।
बैठकमा कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति सञ्चालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।
प्रस्तुत गरिएको विधेयकमाथि दफावार अध्ययन छलफल गरी आगामी फागुन १२ गतेका बस्ने बैठकबाट पास गरिने प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष बमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण