आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलारी गाउँपालिकाको हिउँदे अधिवेशनमा ५ विधेयक पेश

बिहीबार, ०४ फागुन २०७९, १४ : ४२
बिहीबार, ०४ फागुन २०७९

धनगढी । संसदीय अभ्यास गर्दै आएको कैलालीको कैलारी गाउँपालिकाले आफ्नो हिउँदे अधिवेशनबाट ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० को हिउँदे (विधेयक) गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा ५ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको हो ।  

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले विधेयक मस्यौदा पेश गरेका हुन् ।  

बैठकमा कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति सञ्चालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।  

प्रस्तुत गरिएको विधेयकमाथि दफावार अध्ययन छलफल गरी आगामी फागुन १२ गतेका बस्ने बैठकबाट पास गरिने प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष बमले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप