आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई भ्यालेन्टाइन्स डेको उपहार – विवाहको प्रमाणपत्रको ट्याटु

बिहीबार, ०४ फागुन २०७९, १५ : ०९
बिहीबार, ०४ फागुन २०७९

भ्यालेन्टाइन्स डेलाई विशेष बनाउन मानिसहरूले विभिन्न तरिका अपनाउने गर्छन् । थाइल्यान्डका एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुसी बनाउन एक कदम अघि बढेका छन् । उनले श्रीमतीलाई उपहार दिन आफ्नो हातमा ट्याटु बनाए त्यो पनि विवाहको प्रमाणपत्रको ।

अडिटी सेन्ट्रलका अनुसार मध्य थाइल्यान्डको साराबुरी प्रान्तमा रहेको केइङ खोइको एक ट्याटु पार्लरले आफ्नो पछिल्लो कामको एक फोटो सेयर गरेको छ । उक्त फोटोमा एक व्यक्तिले आफ्नो नाडीमा विवाहको प्रमाणपत्रको ट्याटु बनाएका छन् । ट्याटु खोपाउने व्यक्तिले आफ्नी श्रीमतीलाई भ्यालेन्टाइन्स डेमा सर्प्राइज दिन चाहन्थे, त्यसैले उनले ट्याटु आर्टिस्टलाई आफ्नो विवाहको आधिकारिक प्रमाणपत्रलाई स्थायी रूपमा नै हातमा बनाउन लगाए ।

यसअघि उनले आफ्नी श्रीमतीलाई भ्यालेन्टाइन्स डेमा फूल र चकलेट दिने गर्दथे तर यस पटक भने ३४ वर्षे भालले साँच्चै नै विशेष उपहार दिने निर्णय गरे । उनको ८ वर्ष अघि विवाह भएको थियो । 

tattoo1विवाहको प्रमाणपत्र बनाउने उनलाई ८ घण्टाको समय लाग्यो तर श्रीमतीलाई खुसी बनाउनका लागि आफूले जे पनि गर्न सक्ने बताए । श्रीमानको यस्तो उपहार देख्दा सुरुमा अलि अकमक्क परेपनि यसलाई उनले श्रीमानको माया र सम्मानको रूप भएको भन्दै स्वीकार गरिन् ।

‘यो ट्याटु मेरो लागि रिमाइन्डर जस्तै हो । जब हामीबीच झगडा हुन्छ वा केही कुरामा असमझदारी बढ्छ तब म यसलाई हेर्छु र ती दिनहरू सम्झन्छु जति बेला हामी एक अर्काको प्रेममा  पागल थियौँ । त्यसपछि म आफ्नो व्यक्तिगत अहङ्कारलाई कम गर्छु र हाम्रो परिवारलाई खुसी बनाउन र सफल सन्तान हुर्काउनका लागि सबै कुरा सहन्छु,’ भालले भने ।

यो फोटो यसै हप्ता फेसबुकमा चर्चाको विषय बन्यो । धेरैले यी व्यक्तिको कदमलाई प्रशंसा गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप