शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

ग्यास लिक भएको अवस्थामा स्वीच थिच्दा आगलागीमा परे सांसद भण्डारीका आमा–छोरा

ग्यास विस्फोट भएको छैन– प्रहरी
बिहीबार, ०४ फागुन २०७९, १५ : ४६
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । बुद्ध नगरमा गए राति सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीमा परे । करिब सवा १० बजेतिर आगलागीमा परेका सांसद भण्डारीकी आमा ८७ वर्षीय हरिकलाको उपचारको क्रममा मृत्यु भएको छ । गुल्मी–१ बाट निर्वाचित कांग्रेसका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिएकाे छ । ग्यास लिक भएको र त्यहिबेला बिजुलीको स्वीच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

ग्याँसको गन्ध आएपछि आमा हरिकलाले सांसद भण्डारीलाई त्यसबारे जानकारी गराइन् । त्यसपछि भण्डारीले भान्सा कोठामा गएर बिजुलीको स्वीच अन गरेका थिए । स्वीच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । भुईँ तलामा किचन छुट्टै थियो । आमा छोरा फरक कोठामा बस्थे । स्वीच अन गरेपछि आगलागी र कोठामा धुवाँ भरियो । प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन आएपछि सिआरभी भ्यानले उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगेको थियो ।

आगलागीमा ग्यास विस्फोट नभएको एसपी रिजालले बताए । रिजालले भने– ‘सिलिन्डर पड्केको छैन ।’ उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको बाहिरी भाग ३० प्रतिशत र भित्री भागमा १५ प्रतिशत जलेको छ । हरिकलाको बाहिरी भागमा ७० प्रतिशत जलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप