ग्यास लिक भएको अवस्थामा स्वीच थिच्दा आगलागीमा परे सांसद भण्डारीका आमा–छोरा
काठमाडौँ । बुद्ध नगरमा गए राति सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीमा परे । करिब सवा १० बजेतिर आगलागीमा परेका सांसद भण्डारीकी आमा ८७ वर्षीय हरिकलाको उपचारको क्रममा मृत्यु भएको छ । गुल्मी–१ बाट निर्वाचित कांग्रेसका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिएकाे छ । ग्यास लिक भएको र त्यहिबेला बिजुलीको स्वीच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
ग्याँसको गन्ध आएपछि आमा हरिकलाले सांसद भण्डारीलाई त्यसबारे जानकारी गराइन् । त्यसपछि भण्डारीले भान्सा कोठामा गएर बिजुलीको स्वीच अन गरेका थिए । स्वीच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । भुईँ तलामा किचन छुट्टै थियो । आमा छोरा फरक कोठामा बस्थे । स्वीच अन गरेपछि आगलागी र कोठामा धुवाँ भरियो । प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन आएपछि सिआरभी भ्यानले उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगेको थियो ।
आगलागीमा ग्यास विस्फोट नभएको एसपी रिजालले बताए । रिजालले भने– ‘सिलिन्डर पड्केको छैन ।’ उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको बाहिरी भाग ३० प्रतिशत र भित्री भागमा १५ प्रतिशत जलेको छ । हरिकलाको बाहिरी भागमा ७० प्रतिशत जलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण