बैंकको ब्याज वृद्धिको विरोधमा धनगढीमा प्रदर्शन
कैलाली । बैंकहरूले मन लाग्दीरुपमा ब्याज वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।
बैंकको चर्काे ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरु धनगढीमा विरोध प्रदर्शनसँगै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत दिएका हुन् । शुक्रबार सुदूरपश्चिम मोबाइल व्यवसायी संघले विरोध कार्यक्रम आयोजना गरेको हो ।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले ८ प्रतिशतमा लिएको ऋणको ब्याज वर्षदिन नपुग्दै आफू खुसी १७ प्रतिशत पु¥याएको भन्दै आक्रोश पोखे ।
विगतमा ऋण लिँदा ६/७ प्रतिशत रहेको ब्याजदर एकाएक १७/१८ प्रतिशत पु¥याउँदा आफूहरू मारमा परेको व्यवसायीको गुनासो छ । बैंकले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिनु उनले परेको बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक पनि मौन भएर बस्दा बैंकले मनोमानी रूपमा ब्याज बढाइरहेको समेत उनीहरुले आक्रोश पोखेका हुन् ।
व्यवसायीहरूले कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरूले विभिन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई कायम राखी नयाँ निर्देशिकालाई क्रमिक रूपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपोर्ट एक प्रतिशतमा झार्नुपर्नेलगायतका माग राखेका छन् ।
यसैबीच व्यवसायीहरुले मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले आफू व्यवसायीहरुकै पक्षमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण