बलिउड अभिनेत्री स्वरा भास्करले गरिन् विवाह
शुक्रबार, ०५ फागुन २०७९, १५ : ४६
बलिउड अभिनेत्री स्वरा भास्कर आफ्नो विवाहका कारण चर्चामा छिन् । नायिकाले ६ जनवरीमा समाजवादी पार्टीका नेता फहाद अहमदसँग अदालती विवाह गरेकी थिइन् । अब १६ फेब्रुअरीमा स्वराले सोसल मिडियामार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् ।
यसैबीच जोडीको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनी अदालती विवाहपछि नाचिरहेको देखिएकी छिन् । वास्तवमा यो भिडियो स्वरा र फहादका साथीले आफ्नो सोसल मिडिया अकाउन्टमा पोस्ट गरेका छन् ।
अदालत बाहिर ढोलमा गरिन् डान्स
यो भिडियोमा स्वरा र फहाद विवाहपछि अदालत बाहिर निस्किरहेको देखिएका छन् । यति बेला नायिका श्रीमानको हात थामेर निकै खुसी देखिएकी छिन् । रातो साडी, टिका र हातमा मेहेन्दी लगाएकी स्वरा सुन्दर देखिएकी छिन् । स्वराले विवाहमा आफ्नी आमाकाे ४० वर्ष पुरानाे साडी लगाएकाे बताइन्छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण