शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेत्री स्वरा भास्करले गरिन् विवाह

शुक्रबार, ०५ फागुन २०७९, १५ : ४६
शुक्रबार, ०५ फागुन २०७९

बलिउड अभिनेत्री स्वरा भास्कर आफ्नो विवाहका कारण चर्चामा छिन् । नायिकाले ६ जनवरीमा समाजवादी पार्टीका नेता फहाद अहमदसँग अदालती विवाह गरेकी थिइन् । अब १६ फेब्रुअरीमा स्वराले सोसल मिडियामार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । 

यसैबीच जोडीको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनी अदालती विवाहपछि नाचिरहेको देखिएकी छिन् । वास्तवमा यो भिडियो स्वरा र फहादका साथीले आफ्नो सोसल मिडिया अकाउन्टमा पोस्ट गरेका छन् ।

swaraअदालत बाहिर ढोलमा गरिन् डान्स

यो भिडियोमा स्वरा र फहाद विवाहपछि अदालत बाहिर निस्किरहेको देखिएका छन् । यति बेला नायिका श्रीमानको हात थामेर निकै खुसी देखिएकी छिन् । रातो साडी, टिका र हातमा मेहेन्दी लगाएकी स्वरा सुन्दर देखिएकी छिन् । स्वराले विवाहमा आफ्नी आमाकाे ४० वर्ष पुरानाे साडी लगाएकाे बताइन्छ ।

swara1swara2swara3

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप