बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम
फोटोफिचर

शिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपतिको रमझम

शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ-आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको हो । 

कोषले पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ । शिवरात्रिका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका गरी स्वयंसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ । 

शिवरात्रिको अघिल्लो साँझदेखि नै पशुपति मन्दिर परिसर उल्लासले भरिएको छ। साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। शिवरात्रिको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुइँचो लागेको छ । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया