सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ
शुक्रबार, ०५ फागुन २०७९, १९ : ५३
सुनसरी । सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबी नगरपालिका ४ बस्ने २० वर्षीय मोहम्मद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।
नियन्त्रणमा लिइएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।-न्युज कारखाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण