त्रिशालाले विवाहको तस्बिर सेयर गर्दै भनिन्, ‘शिव र पार्वती झैँ सधैँ साथ दिनेछु हरेक प्रहर’
शनिबार, ०६ फागुन २०७९, ११ : ५८
गायिका तथा डाक्टर त्रिशाला गुरुङले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको तस्बिर सेयर गरेकी छिन् ।
शिव रात्रिको दिनमा तस्बिर सेयर गरेको भएर होला उनले फोटोको क्याप्सनमा शिव र पार्वतीबीचको मायालाई उल्लेख गरेकी छिन् ।
त्रिशालाले चार वटा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘शिव र पार्वती झैँ सधैँ साथ दिनेछु हरेक प्रहरलाई ।’
उनको विवाहको तस्बिरमा धेरैले बधाई दिइरहेका छन् ।
त्रिशालाले फागुन ४ गते आफ्ना प्रेमी सङ्गीतकार रोहित शाक्यसँग विवाह गरेकी हुन् ।
दुईबीचको प्रेमबारे गाइँगुइँ हल्ला भए पनि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन् । त्रिशालाले मिडियामा आफ्नो प्रेमबारे हल्ला चलेपछि घरमा गालीसमेत खाएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण