म्यानचेस्टर युनाइटेड किन्ने कतारी शेखको इच्छा, लगाए बोली
इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड किन्न कतारी अर्बपतिले बोली लगाएका छन् । कतारको ठुला मध्येको एउटा बैंकका अध्यक्ष शेख जसिम विन हमाद अल थानीले युनाइटेड किन्ने इच्छासहित बोली लगाएको बीबीसीले जनाएको छ ।
हाल युनाइटेडको स्वामित्व अमेरिकी अर्बपति ग्लाजर परिवारसँग छ । र, यो परिवारले सन् २००५ मा युनाइटेडको स्वामित्व खरिद गरेको थियो । अब भने यसको स्वामित्व कतारी धनाढ्यसँग जाने देखाएको छ ।
कतारी शेखले युनाइटेडको पुरानो शाख फिर्ता ल्याउने योजनासहित बोली लगाएको बताएको बीबीसीमा उल्लेख छ । युनाइटेडलाई विश्वको सबैभन्दा ठुलो क्लबका रुपमा बोली लगाइएको बताइएको छ ।
कतारले यसअघिदेखि नै फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि लगानी गरिसकेको छ । पीएसजीको स्वामित्व रहेको कतारी स्पोर्ट इन्भेस्टमेन्ट (क्यूएसआई) समेत प्रिमियर लिग क्लबको हिस्सा किन्ने दाउमा छ ।
युनाइटेडको स्वामित्व किन्ने इच्छा देखाएको शेख कतार इस्लामिक बैंक (क्यूआईबी)का अध्यक्ष हुन् । यस्तै, उनी कतारका पूर्व प्रधानमन्त्रीका छोरा समेत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण