मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेड किन्ने कतारी शेखको इच्छा, लगाए बोली

शनिबार, ०६ फागुन २०७९, १२ : ५१
शनिबार, ०६ फागुन २०७९

इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड किन्न कतारी अर्बपतिले बोली लगाएका छन् । कतारको ठुला मध्येको एउटा बैंकका अध्यक्ष शेख जसिम विन हमाद अल थानीले युनाइटेड किन्ने इच्छासहित बोली लगाएको बीबीसीले जनाएको छ ।

हाल युनाइटेडको स्वामित्व अमेरिकी अर्बपति ग्लाजर परिवारसँग छ । र, यो परिवारले सन् २००५ मा युनाइटेडको स्वामित्व खरिद गरेको थियो । अब भने यसको स्वामित्व कतारी धनाढ्यसँग जाने देखाएको छ ।

कतारी शेखले युनाइटेडको पुरानो शाख फिर्ता ल्याउने योजनासहित बोली लगाएको बताएको बीबीसीमा उल्लेख छ । युनाइटेडलाई विश्वको सबैभन्दा ठुलो क्लबका रुपमा बोली लगाइएको बताइएको छ । 

कतारले यसअघिदेखि नै फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि लगानी गरिसकेको छ । पीएसजीको स्वामित्व रहेको कतारी स्पोर्ट इन्भेस्टमेन्ट (क्यूएसआई) समेत प्रिमियर लिग क्लबको हिस्सा किन्ने दाउमा छ ।

युनाइटेडको स्वामित्व किन्ने इच्छा देखाएको शेख कतार इस्लामिक बैंक (क्यूआईबी)का अध्यक्ष हुन् । यस्तै, उनी कतारका पूर्व प्रधानमन्त्रीका छोरा समेत रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप