बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लको अर्धशतक

शनिबार, ०६ फागुन २०७९, १५ : ५१
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । खेलमा उनले कुल ७४ बलमा ६५ रन जोडेर आउट भए । उनले ५ चौका र ३ छक्का हाने । उनले र आशिफ शेखले दोस्रो विकेटका लागि १४८ रनको साझेदारी गरेका छन्  ।

टियु किकेट मैदानमा यतिखेर नेपाली फ्यानहरूको घुइचो लागेको छ । नेपाली टोलीलाई उत्साह दिन हुटिङ गरिरहेका छन् ।  जारी म्याचमा नेपाललाई नामिबियालाई महत्वपूर्ण २७५ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो । 
हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। 

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप