पिचले साथ दिँदा लगातार जित निकाल्न सक्यौं : ज्ञानेन्द्र मल्ल
काठमाडौँ । नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताएका छन् । शनिवार नामिवियाबिरुद्ध ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएको खेलमा पूर्व कप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिएका हुन् । यस्तै उनले नयाँ प्रशिक्षको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको बताए ।
ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको बताए । उनले पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद् नतिजा निकाल्न सहयोग मिलेको बताए । लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताए ।
यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताए । अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुःखी देखिएका आसिफले शनिवारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिए । नेपालले लागातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भूमिका निकै राम्रो भएको बताए ।
ओपनर आसिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिवार नामिबियामाथि तीन विकेट जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ । यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026