२ अर्ब ५० करोड नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्षे नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले आगामी चैत ६ गते निष्काशन गर्ने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बचतपत्रका लागि आवेदन दिन सक्नेछन् ।
बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । ६/६ महिनामा प्रदान गरिने ब्याज खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ ।
स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने समेत बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण