शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२ अर्ब ५० करोड नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

आइतबार, ०७ फागुन २०७९, ११ : ०८
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले ५ वर्षे नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले आगामी चैत ६ गते निष्काशन गर्ने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म बचतपत्रका लागि आवेदन दिन सक्नेछन् । 

बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । ६/६ महिनामा प्रदान गरिने ब्याज खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने बैंकले जनाएको छ । 

स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने समेत बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप