शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

‘उस्तै छ कोइलाबास’

आइतबार, ०७ फागुन २०७९, १२ : ३६
आइतबार, ०७ फागुन २०७९

दाङ ।  ‘उहिले-उहिले अन्नपातकाे मात्र व्यापार हुन्थ्यो । गाउँ–गाउँमा चाहार्याे, अन्नपात बटुल्यो । कोईलाबास लग्यो , गल्ला फाल्यो । उताबाट नुन, चिनी लत्ता कपडा ल्यायो ।  नुन, लत्ता कपडा, चिनी, दाल लिन रुकुम रोल्पाका कोही हिँडेर, कोही घोडा लिएर कोईलाबास पुगेका हुन्थे । 

'त्यो बेला कोईलाबास ठुलै बजार थियो । २०४० सालसम्म कोईलाबास बजार त्यो बजारका व्यापार हाम्रै बाउबाजेहरुले गर्थे । विकास नपुग्दा अस्ताएको कोईलाबासमा विकास पुग्यो । तर अवस्था अझै उस्तै छ । ’ गढवा गाउँपालिका – ८ कोइलाबास निवासी स्थानीय सद्दाम सिद्धिकीले भने–‘ लमहीबाट कोईलाबास अहिले बस चल्छ, पर्यटकहरु कोईलाबास नाकाबाट भित्रने बाहिरिने गर्दछन् । तर व्यापार चलेको छैन । ’ 

दाङको लमहीदेखि कोईलाबाससम्म ३३ किलोमिटर कालोपत्रे सडक बनेको छ । सडक बनेसँगै कोईलाबास नाकाले पुरानै लय समात्ने उत्साहमा नाकावासीहरूलाई छोएको थियो । कोईलाबास नाका उठ्न नसक्दा स्थानीयहरू निराश पारेको सिद्धिकीले बताए । उनले भने–‘ नाका चल्न छोडेपछि पुराना व्यापारीहरू पनि कोही घोराही, लमही, पुगे, कोही नेपालगन्ज पुगे । जान नसकेकाहरू बसेकाहरू पनि अब अन्तै सर्छन् की भन्ने डर छ । ’ 

कोईलाबास नेपालको पुरानो दोस्रो ठुलो भन्सार नाका हो । सडक, पूर्वाधार अभावसँगै कोईलाबास भन्सार नाका बन्दै गयो । पश्चिम जमुनिया नाका बाँके र  पूर्वका कृष्णनगर भन्सार नाका फस्टाए । २०४० सालसम्म नेपालको राम्रै नाका रूपमा कोईलाबास चलेको थियो । जहाँ हामी नुनदेखि सुनसम्मको व्यापारी नाका थियो । 

३ वर्षदेखि नेपाल सरकार भन्सार चलाउने तयारीमा रहे पनि भारत सरकारले कोईलाबास नाका चलाउनमा आनाकानी गरिरहँदा कोईलाबास नाका उठ्न नसकेको कोईलाबास भन्सार कार्यालयका प्रमुख वसन्त रजौरेले बताए । नेपाली भन्सार कार्यालय कोइलाबासमा रहे पनि भारतीय भन्सार कार्यालय राख्न भारत सरकार तयार नहुदा कोईलाबास भन्सार नाका सञ्चालनमा समस्यामा परेको उनले बताए ।  

उनले भने–‘ कोईलाबास नाका स्थानीयले चिनी , नुन, साबुन भित्र्याउने नाकामा मात्रै सीमित बनेको छ । ’ स्थानीयहरू धेरथोर किनमेल गरेर भन्सार अस्तित्व जोगाए पनि भारतीय तीर्थयात्रीहरू पनि केही भित्रन थालेको उनले बताए । भारतीय पर्यटकबाट मात्रै हालसम्म कोइलाबास भन्सारले ४५ लाख २१ हजार राजस्व सङ्कलन गरेको भन्सार प्रमुख रजौरले रातोपाटीलाई जानकारी दिए । 

उनले भने–‘ नेपाल सरकारले चालु आ.व.मा २१ लख ३९ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर ७ महिनामा दोब्बर राजस्व सङ्कलन गरिएको छ । ’ कोइलाबास भन्सार नाका चल्ने सक्ने गतिलो प्रमाण पनि यही रहेको उनको भनाइछ । कोईलाबास नाका सञ्चालन हुन सके अन्य नाका भन्दा सरकारले राजस्व सङ्कलनमा टेवा पुग्ने सम्भावना पनि देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप