अमिताभसँगको टकरावबारे के भन्छन् शत्रुघ्न ?
मुम्बई । वरिष्ठ अभिनेता शत्रुघ्न सिन्हा र अमिताभ बच्चनबीचको सम्बन्ध सधैँ चर्चामा रहन्छ । यो भनिन्छ कि यी दुई बीच कहिल्यै राम्रो सम्बन्ध थिएन। तर, दुवैले यस सम्बन्धमा खुलेर केही भनेका थिएनन् । हालैको एक कार्यक्रममा भने शत्रुघ्नले बिग बीसँगको टकरावको बारेमा कुरा गरेका छन् । साथै उनले फिल्म ‘दिवार’ र ‘शोले’ रिजेक्ट गरेकोमा आफूलाई अझै पछुतो रहेको बताएका छन् ।
आजतकको कोलकातामा आयोजित कार्यक्रममा शत्रुघ्नले सोधिएको थियो, ुकेही फिल्म छ जसको तपाई हिस्सा बन्न चाहनुहुन्थ्यो र त्यसमा सहभागी हुन नसकेकोमा पश्चाताप हुन्छ रु’ जवाफमा उनले भने– ‘दिवार फिल्ममा काम गर्न नपाएकोमा मलाई अफसोस छ । त्यो फिल्म मेरो लागि लेखिएको हो । त्यो स्क्रिप्ट मलाई ल्याइएको थियो । लगभग ६ महिना मसँग राखेँ । तर, मनमुटावका कारण म फिल्मबाट पछि हटेँ । मलाई पहिले पनि शोले प्रस्ताव गरिएको थियो, तर मितिहरू उपलब्ध नभएको कारण त्यो भूमिका पछि अमिताभ बच्चनलाई दिइएको थियो। त्यतिबेला म धेरै फिल्ममा व्यस्त हुन्थे ।’
कुराकानीका क्रममा शत्रुघ्नलाई दुई स्टारबीचको ‘इगो’ को टकरावको बारेमा पनि सोधिएको थियो जसको जवाफमा उनले भने, ‘हो अवश्य पनि हुन्छ । कलाकारहरूको आफ्नै फ्यान फलोइङ, स्टारडम हुन्थ्यो । तर जब हामी समझदार हुन्छौँ, तब हामीले महसुस गर्छौँ, तब अहङ्कार जस्ता कुराहरूले फरक पार्न छोड्छ। उद्योगमा मेरो कसैसँग दुश्मनी छैन, सबैसँग राम्रो सम्बन्ध छ । अब हामी एकअर्कालाई बुझ्न थालेका छौँ।’ –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण