दोलखामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
दोलखा। दोलखामा नवौँ दोलखा जिल्ला अन्तर पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । ४ दिनसम्म सञ्चालन रनिङ सिल्ड प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरि ९ ओटा स्थानिय तहहरुको सहभागिता रहेको छ । बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसीले प्रतियोगिताको ९ वटा बेलुन उडाएर उद्घाटन गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति दोलखामा प्रमुख बर्जुराम घतानी, भिमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धर, भिमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, तारादल गणका गणपति सञ्जिव सिंह प्रजापति, नेपाल प्रहरी दोलखाका प्रणयक प्रहरी नायव उपरीक्षक दिपक खड्का, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई र विभिन्न पार्टिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण