स्वराको विवाहमा भाजपा नेतृ साध्वीले भनिन्, ‘श्रद्धाको झैँ ३५ टुक्रा भेटिनेछ’
बलिउड अभिनेत्री स्वरा भास्करले आफ्नो विवाहको कुरा सार्वजनिक गरेदेखि थुप्रैले उनलाई निशानामा पारिरहेका छन् । फहाद र स्वराको अन्तरधर्म विवाहमा भाजपा नेतृ साध्वी प्राचीले स्वरामाथि निशाना साँधेकी छिन् । उनले यी दुईको विवाहमा नकारात्मक टिप्पणी गर्दै भनिन्, ‘उनी या त छिट्टै घर फर्किनेछन् या उनको हालत श्रद्धाको जस्तै हुनेछ । उनी सुटकेस वा फ्रिजमा भेटिनेछिन् ।’
साध्वीले के भनिन् ?
साध्वीले ती युवतीलाई पनि निशानामा पारेकी छिन् जसले धर्म परिवर्तन गरेर विवाह गरेका छन् । बरेलीमा मिडियासँगको कुराकानीमा उनले भनिन्, ‘स्वरा भास्करको पहिला देखि नै भिन्न व्यक्तित्व थियो । उनले आफ्नो विवाह पछि श्रद्धाको त्यो फ्रिज सम्झनुपर्नेछ । जसमा ३५ वटा टुक्रा भेटिएको थियो । अहिले निक्कीको कुरा आइरहेको छ । उनीमाथि पनि यस्तै खालको घटना भएको छ । यस्ता घटनाले मलाई दुःख दिन्छन् । उनीहरू या त सुटकेसमा जान्छन् वा कुनै बोरामा भेटिन्छन् वा फ्रिजमा । स्वरा भास्कर बारे पनि यस्तै सूचना आउँदैछ । सम्बन्ध विच्छेदको खबर छिट्टै आउनेछ ।’
मार्च महिनामा भव्य विवाह गर्दै छिन्
स्वरा भास्करले अहिलेसम्म साध्वी प्राचीको बयानमा कुनै प्रतिक्रिया दिएकी छैनन् । स्वराको विवाहमा धेरैले आ–आफ्नो धारणा व्यक्त गरिरहेकी छिन् । नायिका मार्च महिनामा आफ्नो भव्य विवाहको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण