पारिजातका कवितावारे विचारगोष्ठी सम्पन्न
कैलाली । पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्ले धनगढीको जनपुस्तकालयमा आइतवार ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक् विचारगोष्ठी आयोजना गरेको छ ।
समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गरे । उनले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघन रुपमा पाइने धारणा राखे । विचारपत्रमाथि समालोचक डा इन्द्रबहादुर भण्डारीले टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात नेपाली साहित्यमा सर्वाधिक पढिने र अनुसन्धान गरिने स्रष्टा भएको विचार राखे ।
कार्यक्रममा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, परिषदका सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशी लगायतले पारिजातको लेखनबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममामा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण