खुडेपोखरीमा डुबेर बालकको मृत्यु
मङ्गलबार, ०९ फागुन २०७९, १३ : ४३
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्रयाङमा स्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको हो ।
सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।खेल्ने क्रममा घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हिजोबाट घरमा नआएपछि खोजी कार्य जारी थियो । मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन्,’ वडा नम्बर ५ की पूर्व वडा सदस्य अञ्जु क्षेत्रीले भनिन् । घर पर्वत भए पनि धारापानीमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण