रुसले भन्यो–बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौं
मस्को । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो ।
आज उनले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।
“स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ, आज पोल्याण्डमा के हुन्छ भन्नेमा पनि हामी उत्सुक छौँ, त्यसलाई नजिकबाट नियाली रहेका छौँ,” युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रूसी टेलिभिजनमा भनेका छन् ।
यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताएका थिए ।
रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उपराष्ट्रपतिले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेको थियो । रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो ।
रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य, पारेकोबालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको उपराष्ट्रपति ह्यारिसलले बताएका थिए । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण