पल भेट्न तनहुँ कारागार पुगिन् पूजा
बुधबार, १० फागुन २०७९, १३ : ३३
काठमाडौँ । अभिनेत्री पूजा शर्मा तनहुँ कारागारमा पुगेकी छन् । यौन दुव्र्यवहारको मुद्दामा कारागारमा रहेका अभिनेता पल शाहलाई भेट्न उनी बुधबार निर्देशक शोमित बस्नेत सहित कारागार पुगेकी हुन् । बुधबार अभिनेता पल जन्मदिन पनि हो । सोही अवसर पारेर जन्मदिनको शुभकामना दिन पुजा कारगार नै पुगेकी हुन् । कारागारमा पललाई जन्मदिनको शुभकामनाको अलवा केक काटेर सेलिब्रेसन समेत गरिएको निर्देशक शोभित बस्नेतले बताए ।
पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् । उनीहरु मिल्ने साथी समेत हुन् । पल करिब एकवर्ष अगाडि नाबालिग बलात्कारको आरोपमा कारागार पुगेका थिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा पललाई बलत्कार ठहर नगरे पनि बाल यौन दुराचारको बिषयमा कैद सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण