कीर्तिपुर मैदानका क्यूरेटरलाई ज्ञानेन्द्रको सन्देश–तपाईंहरूको योगदान मैदानमा क्रिकेट खेल्ने जत्तिकै महत्त्वपूर्ण छ
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका खेलाडी ज्ञानेन्द्र मल्लले त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई व्यक्तिगत सन्देश दिएका छन् । मंगलबार नेपालले सिरिजको चार खेलमा नै जित निकालेपछि क्युरेटरहरुको योगदानको चर्चा भएको थियो । नेपाली टोलीको जितमा धेरै ठूलो भूमिका खेलेको भन्दै प्रशिक्षक मोन्टी देशाइले पनि धन्यवाद दिएका थिए ।
ज्ञानेन्द्रको सन्देश:
मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्बिरमा हुनुभएका मध्ये धेरै अनुहारलाई कीर्तिपुर मैदान वरिपरि देख्दै आएको छु । प्रमुख क्युरेटर मधु दाइ, मण्डल दाइ र वहाँको परिवार लगायत वहाँहरू धेरै जना नेपाली क्रिकेटको पर्दापछाडिको खेलाडी हुनुहुन्छ र वहाँहरूको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नेहरू जत्तिकै महत्वपूर्ण छ ।
आज हामी नेपाली क्रिकेट टिमले पाएको सफलतामा खुसी मनाइरहँदा वहाँहरू लगायत टियु क्रिकेट मैदानमा सघाउने सबैजना प्रसंशाको हकदार हुनुहुन्छ । तपाईँहरू सबैजनाको मेहेनत र लगनशीलताको लागि धेरै धेरै धन्यवाद छ । हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण