खेलकुद
टी–ट्वान्टी लिग : स्पट फिक्सिङमा संलग्नलाई ३ लाख धरौटीमा छाड्न आदेश
बुधबार, १० फागुन २०७९, २० : ११
काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न खेलाडी र बिचौलियालाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीसहित ३ जनालाई जनही ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश गरेको हो ।
२०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा सिआईबीले ३ जनालाई पक्राउ गरेको थियो । स्पट फिक्सिङमा संलग्न आरोपमा पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्ता छन् ।
बुधवार थुनछेक बहसपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण