शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानो गठबन्धन ब्युँताएर जान प्रधानमन्त्री प्रचण्डलाई नेपालको प्रस्ताव

बिहीबार, ११ फागुन २०७९, १५ : ३८
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुरानो गठबन्धन ब्युँताएर जान सुझाव दिएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचन अघि  पुरानो गठबन्धन निर्माण गरेरजाननेपालले प्रचण्डलाई सुझाएका हुन् । 

‘माधव कमरेडले प्रधानमन्त्रीज्यूसँग सात दलीय गठबन्धन भत्काएर निर्वाचन अघिकै गठबन्धनमा फर्किन प्रस्ताव गर्नुभयो । राष्ट्रपतिमा सकेसम्म समझदारी गरेर जानु पर्छ भन्ने छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने । आजको बैठकमा दुई नेताले यसअघि का‌ंग्रेस र नेकपा एमालेसँग भएका छलफलहरुका बारेमा ब्रिफिङ एक अर्कालाई गरेका थिए । ‘राष्ट्रपतिका विषयमा कांग्रेस र एमालेसँग भएका छलफलका विषयमा पनि दुई नेताबीच छलफल भयो,’ ती सदस्यले भने, ‘कसरी समझदारी गरेर जाने भन्ने विषयमा चाहिँ आज कुनै सहमति भएको छैन ।’ प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेपालले पुरानो गठबन्धन ब्युँताउने समझदारी बनेमा राष्ट्रपतिमा आफ्नो पार्टीको पनि स्वाभाविक दाबी रहने कुरा राखेका थिए । 

उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले पनि आजको बैठकमा राष्ट्रपतिका विषयमा कुनै ठोस समझदारी भइनसकेको बताए । ‘हामीले राष्ट्रपतिका विषयमा एकपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छौँ । सकेसम्म सबै दलको समझदारीमा राष्ट्रिय सहमति कायम गरेर राष्ट्रपतिको चुनाव गर्नुपर्छ भन्ने छ’ श्रेष्ठले भने, ‘अब बेलुका शीर्ष नेताहरुबीच छलफल भएकाले त्यस बैठकबाट ठोस निष्कर्षमा पुग्न सक्छौँ ।’ 

राष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल सहित एकीकृत समाजवादीका नेता घनश्याम भुसाल समेत सहभागी भएका थिए । प्रचण्ड नेपालसँगको भेटमा माओवादीबाट श्रेष्ठ र एकीकृत समाजवादीबाट घनश्याम भुसाल सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप