‘पावर सेयरिङमा राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादी र समाजवादीलाई’
काठमाडौँ । चार दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सम्भावित सत्ता समीकरण र पावर सेयरिङका बारेमा छलफल भएको छ । बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन ब्यूँउताउनेदेखि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका बारेमा विषय प्रवेश भएर छलफल भएको हो ।
स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेसका नेताहरुले पावर सेयरिङ बारेमा सामान्य खाका पेस गरेका थिए । जसमा राष्ट्रपति कांग्रेसले लिने, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई बाँढ्ने उल्लेख छ । बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिनेबारे छलफल भएको छ । तर कांग्रेसका कतिपय नेताहरुले पाँचै वर्ष राष्ट्रपति लिए पनि प्रधानमन्त्रीमा समेत पावर सेयरिङ हुनुपर्ने अडान लिएका छन् । यस्तै उपराष्ट्रपति जसपाले लिने लगभग सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठको दाबी छ ।
यस सझदारीलाई मुर्त रुप दिन बेलुका ५ बजे शीर्ष नेताहरुबीच छलफल गरेर निर्णय गरिने भएको छ । ५ बजेअघि चार दलबीच भएको छलफलका विषयमा आ–आफ्ना दलभित्र छलफल गरेर मात्रै बेलुका सहमतिलाई मूर्त रुप दिने नेताहरुको तयारी छ । बिहीबार एकीकृत समाजवादी र जसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिका बारेमा छलफल गरेका थिए । त्यसलगत्तै प्रचण्डले कांग्रेसका केही नेताहरुलाई समेत संवाद गरेका थिए । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भएपनि निर्णय भइनसकेको जानकारी दिइन् । बेलुका ५ बजे शीर्ष नेताहरु बसेर टुंग्याउने दाहालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण