शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले सांसदहरुलाई विषय विज्ञबाट परामर्श दिने

शुक्रबार, १२ फागुन २०७९, १५ : २४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ । शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारी स्वरुप विषयविज्ञहरु बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले संसदमा पेस हुने कतिपय विधेयकहरु प्राविधिक विषयका हुने र त्यसबारेमा सांसदहरु अनविज्ञ हुने भएकाले सांसदमा बोल्नुअघि विषयका बारेमा जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको बताए ।

उनले भने, ‘कतिपय प्राविधिक विधेयकहरु संसदमा पेस हुन्छन्, त्यसमा सांसदहरुले पढेर मात्रै सबै कुरा बुझ्न गाह्रो हुन्छ कि, त्यो विषयमा अध्ययन गरेको मानिस हुनुपर्छ, नत्र चाहेर पनि बुझ्न गाह्रो हुने भएको कारणले र सांसदहरुले बोल्दा पनि प्रभावकारी बनाउनको लागि प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण विधेयकहरुमा कानुनविद्हरु ल्याएर त्यसको बारेमा बुझाएर र संसदमा बोल्न र तयारी गर्नका लागि व्यवस्था गरिदिनुभएको छ । यसले हाम्रो पार्टीका सांसदहरुको संसदमा प्रस्तुति प्रभावकारी हुनेछ ।’

त्यस्तै नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले नेपाली काँग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरुमा सबै सांसदहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको बताए । उनले बैठकमा सम्पति शुद्धिकरणको विधेयकका बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘नेपाली काँग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरुमा संसदीय दलले सबै मान्यहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको छ । यो राम्रो छ । सम्पति शुद्धिकरणको विधेयकलाई विज्ञहरुबाट सकारात्मक दृष्टिकोणबाट नै कुराहरु आएको छ । सुशासन र भ्रष्टाचार शून्यताको कुरा छ । सुशासनको दृष्टिले पनि यसमा दृष्टि लगाउनुपर्छ । त्यससँगै अकुत सम्पतिको कुरामा यो विधेयकले केही गर्न खोजेको छ । श्रोत नखुलेको सम्पतिको विषयमा कसैलाई ट्याक्स लगाउने, कसैलाई कुद्दा लगाउने गर्नुभएन, त्यो सामाजिक न्यायको दृष्टिकोणले हेर्नुपर्छ ।’

नेपाली काँग्रेसले शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा पार्टीका संसदहरुलाई बोलाएर संसदमा प्रश्तुत विधेयकबारे अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप