६१ दिनमा टुट्यो एमाले नेतृत्वको सात दलीय गठबन्धन, आजैबाट नयाँ बन्यो
काठमाडौँ । गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन औपचारिक रूपमै टुटेको छ ।
राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका सत्ता गठबन्धन दलले नै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेसँगै एमाले नेतृत्वको गठबन्धन ६१ दिनमै टुट्न पुगेको हो । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोसपा, एकीकृत समाजवादी, जनमत,उन्मुक्ति लगायतका पार्टीबीच राष्ट्रपतिमा कांग्रेसलाई मत दिने निर्णय भएसँगै नयाँ राजनीतिक कोर्षको सुरुवात भएको हो ।
आठ दलीय बालुवाटार बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रस्ताव गर्दै पुस १० मा बनेको गठबन्धन टुटेको बताएका थिए ।
‘पुस १० को गठबन्धन टुटेको छ । अव नयाँ ढंगले अघि बढ्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ । राष्ट्रिय स्वाधीनता तथा जनतालाई सेवा–सुविधा दिने कुरामा एकताबद्ध भएर जाऊँ । सत्ता समीकरणमा पनि एकताबद्ध भएर जाऊँ ।’
मंसिरमा सम्पन्न आम निर्वाचनपछि पुस १० मा नेकपा एमालेको नेतृत्वमा सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उक्त गठबन्धनमा एमाले,माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति राप्रपा र रास्वपा सहभागी थिए । यो गठबन्धनमा रहेकामध्ये जनता समाजवादी भने सरकारमा गएको थिएन । रास्वपा भने केही साता अघि सरकारबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण