तुलसीपुर उपमहानगरको पेट्रोल पम्प सञ्चालनमा
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ ।
करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो । सञ्चालक रामप्रसाद चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, आठ शौचालय, तीन युरिन, पर्खालसमेत गरेर दुई करोड बढी खर्च लागेको छ ।
शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । बसपार्कमा पेट्रोल पम्प नहुँदा बाहिर गएर इन्धन राख्नुपर्ने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण