बागमती प्रदेश : अध्यादेश प्रतिस्थापन विधेयक बारेको विवाद सुल्झाउन पहल
मकवानपुर । बागमती प्रदेशसभाको बैठक शनिबार ४ बजे बस्ने भनिए पनि अझै बस्न सकेको छैन । दलहरुबीच दुई वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियाका बारेमा विवाद बढेपछि प्रदेशसभा बैठक प्रभावित भएको हो । सरकारले संसदीय समिति गठन गर्न चासो नदेखाइ दुई वटा अध्यादेशलाई समितिमा छलफल नै नगराएर सोझै हाउसबाट पारित गर्न खोजेको भन्दै दलहरुले विरोध गरेका हुन् ।
विवाद समाधानका लागि सभामुख भुवन पाठकले विशेष समिति गठन गरी ती दुई अध्यादेश प्रतिस्थापन गर्न बनेका विधेयकमा छलफल गराएर सदनमा लैजाने गरी सहमति जुटाउन पहल गरेका छन् । ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने गरी तत्काल विशेष समिति बनाउन लागिएको स्रोतको भनाइ छ ।
प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशसभामा ल्याएको हो । विधेयक पारित गर्नुअघि संसदीय समितिमा छलफल गर्नुपर्नेमा संसदीय समितिलाई नै पूर्णता दिन नसकेको सरकारले समिति छलेर अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्न खोजेको भन्दै विरोध भएको हो ।
विशेष समिति आजै गठन गरी अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण