मरिसकेको भूतले संघीयता मासेर खाँदैन : सरल सहयात्री
हेटौंडा । बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीले मरिसकेको राजतन्त्रको भूतले वर्तमान संघीयतालाई मासेर खान नसक्ने बताएका छन् । प्रदेशसभाको शनिबार साँझ बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सहयात्रीले बाल्यकालको कथा सुनाउँदै कसेले भन्दैमा नागरिकको बलिदानबाट प्राप्त संघीयता नढल्ने बताए ।
उनले २४० वर्षे पुरानो राजतन्त्र र त्यसले निम्त्याएको परिस्थितिको पनि अनुभव गरेको भन्दै २००७ सालको क्रान्ति त्यसैको उपज भएको बताए । सोही क्रान्तिले प्रजातन्त्र ल्याएको उनको भनाई छ । २०१७, २०४६ साललाई भोग्दै २०५२ को सशस्त्र जनयुद्ध त्यही आधारमा टेकेर बनेको उनले बताए । उनका अनुसार ७ वर्षको संघीयतामाथि अहिले नै प्रश्न उठाउन जायज नहुने उनले बताए । संसदमा यस विषमा गम्भीर छलफल गर्न जरुरी रहेको उनको भनाई छ ।
संघीयतालाई बलियो बनाएर काठमाडौं र जुगल गाउँपालिकाको पेम्बाथानको शिक्षालाई समानता ल्याउनुपर्ने उनले बताए । काठमाडौंका विद्यालयमा धनाढ्य पढ्ने र पेम्बाथानका विद्यालयमा गरिब जनताका छोराछोरी अध्ययन गर्ने भएकाले शिक्षामा नै असमानता रहेको उनले बताए । उनका अनुसार शिक्षामा समानता दिनु राज्यको अहिलेको दायित्व हो ।
‘राज्यले किसानका उत्पादनलाई सडकमा फाल्ने परिस्थितीलाई बन्द गरेर खरिद गर्ने वातावरण गर्नुपर्छ । युवाहरुलाई सामान्य रोजगारीको दिएर वा मसिना काम गरेर त्यसलाई फर्मेशनमा हाले ग्यारेन्टी यो संघीयताले दिन सक्नुपर्छ ।’ उनले भने, ‘गाउँगाउँमा संघीयता बोकेर जान जररुरी छ । संघीयतालाई बयस्क र बुद्धिमान बनाएर लोकतन्त्रलाई लियो बनाउन जरुरी रहको छ ।’
वर्तमान अवस्थामा दशेमा राजनीतिक अस्थितरता खडा गर्ने काम भइरहेको उनले बताए । ‘लोकतन्त्र भनेको समावेशीता हो । राष्ट्रपतीय संस्था स्वतन्त्र संस्था हो । कार्यपालिका न्यायपालिका व्यवस्थापिका भनेको लोकतन्त्रको कम्बिनेशन गर्ने थलो हो । अहिले देशमा सबै दलहरु एक ठाउँमा उभिने वतावरण बन्नु स्वागतयोग्य रहेको छ । २० वर्षको लागि समृद्धिको खाका कोर्न एकपटक सबै दलहरु एकै ठाउँमा उभिएर अघि बढौं ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण