गठबन्धनका नाममा देशलाई अधोगतितर्फ लगिँदैछ : प्रेम सुवाल
सुर्खेत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अहिलेका शासकहरुले गठबन्धनका नाममा देशलाई अधोगतितर्फ धकेल्ने काम गरिरहेको बताएका छन् । सुवालले त्यसका विरुद्धमा नेमकिपाले संघर्ष जारी राखेको बताए । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्थानीय र संघको चुनावमा हाम्रो दलले पैसा दिन नसक्दा हार व्यहोरेको हो, जनतालाई घोषणा पत्र दियौं तर पैसा दिन सकेनौं ।’
सुवालले अन्य पार्टीहरुले एक निर्वाचन क्षेत्रमा १५ देखि २० करोड बाँडेकाे आरोप लगाए । ‘हाम्रा कामदार कार्यकर्ताले आफ्नै घरबाट खाना खाएर मत मागे,’ सुवालले भने, ‘हामीलाई आएको मत मजदुर वर्गको रगतको मत हो ।’ सुवालले जेल हाल्नुपर्ने मन्त्री र प्रधानमन्त्रीलाई अब सिंहदरबार प्रवेशमा रोक लगाउनुपर्ने दिन आएको बताए ।
देशमा घात गर्ने र गठबन्धनका नाममा देशलाई अधोगतितर्फ लैजाने शासक विरुद्धमा आफुहरुले जनताको पक्षमा आवाज उठाउँदै आएको उनले बताए । ‘सच्चा देशभक्त मजदुर वर्ग एक हुनुको विकल्प छैन,’ सुवालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण