स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन
काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।
गठबन्धन गर्ने दलहरुमा अखिल (क्रान्तिकारी) सहित अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कपिल सिजपाति संयोजक रहेको अखिल (क्रान्तिकारी) रहेका छन् । चारवटा विद्यार्थी संगठनहरुलेएजेण्डा मिल्ने वाम, देशभक्त तथा प्रगतिशील विद्यार्थी संगठनहरुसँग आगामी स्ववियु निर्वाचनकमा तालमेल तथा सहकार्य गर्ने पनि बताएका छन् ।
बैठकले स्ववियु निर्वाचनमा त्रिविमा भएको निजीकरण, व्यापारीकरण, दलीय भागबन्डा र स्रोत साधन दुरुपयोग अन्त्यको एजेण्डा लिएर जाने निर्णय समेत गरेको छ । त्यस्तै विश्वविद्यालयको भर्ना, पठनपाठन, परिक्षा र नतिजा प्रकाशनमा विश्वविद्यालयको क्यालेन्डर लागू गराउने र विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार (कक्षा कोठा, शौचालय, ल्याब, खेलकुद लगायत) र विद्यार्थीका लागि आवास गृहको निर्माणको एजेन्डा लिएर जाने पनि बताएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा विद्यार्थीहरू माझ राष्ट्रियता एवं जनजीविका को पक्षमा र बेरोजगारी तथा युवा पलायन साथै दलाल पुँजीवादी संसदीय व्यवस्था विरोधी मोर्चा तयार गर्ने र त्रिविको शैक्षिक एवं प्रशासनिक गुणस्तर सुधार साथै समय सापेक्ष र व्यवहारिक शिक्षाबारे विश्वविद्यालय र विद्यार्थीबीच छलफल, बहस र अन्तरक्रिया गर्ने पनि भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण