आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग सल्लाह गरेरै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो : प्रवक्ता शर्मा

सोमबार, १५ फागुन २०७९, १० : ५६
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण नरोकेको दाबी गरेकी छन् । उनले नेकपा एमालेसँग छलफल गरेर नै सो निर्णय गरिएको बताएकी हुन् ।

राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिको रूपमा आइतबार जेनेभा जान लागेका थिइन् । तर अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए । 

‘राष्ट्रपतिको चुनावमा हुने भएपछि परिस्थितिमा थोरै फेरबदल भयो । अहिले तत्काल जेनेभा नजाने भनेरै नेकपा एमालेका शीर्ष तहमा छलफल गरेरै भ्रमण रोकिएको हो,’ रातोपाटीसँग कुरा गर्दै नेपाल सरकारकी प्रवक्तासमेत रहेकी शर्माले भनिन्, ‘उहाँ(मन्त्री पौडेल)सँग पूर्वाग्रह राखेको होइन । आपसी सल्लाहमै भ्रमण स्थगित भएको हो ।’ 

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका सबै मन्त्रीसँग छलफल गरेर मन्त्री पौडेलको जेनेभा भ्रमण रोकिएको विषयलाई  दुष्प्रचार गरेकोमा शर्माले आश्चर्य प्रकट गरिन् । राष्ट्रपति चुनाव हुने भएपछि प्रधानमन्त्री प्रचण्डको समेत कतार भ्रमण राकिएको बताएको छ । मन्त्री शर्माले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमणलाई अनावश्यक नउचाल्न एमालेलाई आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेर उनको ठाउँमापूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित ३ जनालाईस्वीट्जरल्याण्डपठाइएको छ । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप