एमालेसँग सल्लाह गरेरै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो : प्रवक्ता शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण नरोकेको दाबी गरेकी छन् । उनले नेकपा एमालेसँग छलफल गरेर नै सो निर्णय गरिएको बताएकी हुन् ।
राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिको रूपमा आइतबार जेनेभा जान लागेका थिइन् । तर अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए ।
‘राष्ट्रपतिको चुनावमा हुने भएपछि परिस्थितिमा थोरै फेरबदल भयो । अहिले तत्काल जेनेभा नजाने भनेरै नेकपा एमालेका शीर्ष तहमा छलफल गरेरै भ्रमण रोकिएको हो,’ रातोपाटीसँग कुरा गर्दै नेपाल सरकारकी प्रवक्तासमेत रहेकी शर्माले भनिन्, ‘उहाँ(मन्त्री पौडेल)सँग पूर्वाग्रह राखेको होइन । आपसी सल्लाहमै भ्रमण स्थगित भएको हो ।’
प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका सबै मन्त्रीसँग छलफल गरेर मन्त्री पौडेलको जेनेभा भ्रमण रोकिएको विषयलाई दुष्प्रचार गरेकोमा शर्माले आश्चर्य प्रकट गरिन् । राष्ट्रपति चुनाव हुने भएपछि प्रधानमन्त्री प्रचण्डको समेत कतार भ्रमण राकिएको बताएको छ । मन्त्री शर्माले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमणलाई अनावश्यक नउचाल्न एमालेलाई आग्रह गरेकी छन् ।
परराष्ट्रमन्त्रीको भ्रमण रोकेर उनको ठाउँमापूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित ३ जनालाईस्वीट्जरल्याण्डपठाइएको छ । जेनेभा जानेमा बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण