प्रभु शाह नेतृत्वको पार्टी आयोगमा दर्ता
सोमबार, १५ फागुन २०७९, १३ : १४

काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यसअघि आयोगमा दर्ता रहेको वैज्ञानिक समाजवादी पार्टी नाम परिवर्तन गरी आम जनता पार्टी कायम गर्ने निर्णय भएकोसंसद् सचिवालयलाई जानकारी गराइएको हो ।
शाखा अधिकृत नवराज विष्टले जारी संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘संघीय संसद सचिवालयको च. नं. १०१. मिति २०७९।१०।१३ को पत्रबाट जानकारी उपलब्ध गराइदिन लेखी आएको सम्बन्धमा आयोगको मिति २०७८।९। ३० को निर्णयबाट वैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नं. १७८ मा दर्ता कायम भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको भनी संघीय संसद सचिवालयलाई पत्राचार गर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय