गण्डकी प्रदेश प्रमुख गुरूङले प्रदेशसभालाई सम्बोधन गर्ने
सोमबार, १५ फागुन २०७९, १७ : ०१
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । फागुन १७ गते बस्ने प्रदेश सभालाई प्रमुख गुरूङले सम्बोधन गर्ने तालिका रहेको सभाका प्रवक्ता सचिव प्रेम सुवेदीले बताए । यसका लागि दिउँसो २ बजे प्रदेश सभा बैठक बस्दैछ । १७ गतेको सम्बोधन प्रदेश प्रमुख गुरूङको यो अधिवेशनको पहिलो हो ।
संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नसक्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण